मज्जाको अनलाईन, असोज २२ गते, शुक्रबार, २०७२, काठमाण्डौं ।

कार्तिक ३ गतेबाट सार्वजनिक प्रर्दशनमा आउन लागेको चलत्रि ‘अधकट्टी’ले प्रर्दशनको मिति नजिकिदै गर्दा चलचित्रको प्रचारप्रसारमा पनि निकै तीव्रता दिएको छ । चलचित्र युनिटले प्रचार प्रसारको नयाँ नयाँ तरिकाहरु अपनाई रहेको छ । कमेडी जनराको यो सिनेमा हेरेर दर्शकले भरपुर मनोरञ्जन लिनेमा चलचित्र निर्माण युनिट विश्वस्त रहेको छ । चलचित्रको दशै विशेष ट्रेलरले पनि यतिबेला दर्शकको मन जित्न सफल भएको छ ।

यसअघि सार्वजनिक गरिएको ‘फिगर कोकाकोला’ र ‘हे नम्रता’ जस्ता गीत त सबैले रुचाएका नै हुन् । भर्खरै सिनेमा युनिटले चलचित्रको नयाँ पोस्टर सार्वजनिक गरेको छ जसमा ब्ल्याक एण्ड ह्वाईट स्केचमा कमेडी तरिका बाट नै कलाकारको मुहारलाई प्रस्तुत गरिएको छ । सुन्नमा आएअनुसार चलचित्रको भब्य प्रिमियरको पनि तयारी भईरहेको छ ।

12039558_10153313482064531_4047653883166518745_n

रंग पत्रकार सुब्रत आचार्यले निर्देशन गरेको सिनेमा ‘अधकट्टी’मा विल्सन बिक्रम राई, गौरव पहारी, गजित बिष्ट, अशिष्मा नकर्मी, रिस्ता बस्नेत र प्रदिप बास्तोलाको अभिनय रहेको छ ।  द्वरारिका उदय प्रोडक्सनको ब्यानरमा निर्मित अधकट्टीलाई प्रदीप कुमार उदयले निर्माण गरेका हुन ।

For More videos Log on to Mazzako TV