अर्जुन गुरागाई, मज्जाको अनलाईन, असोज २० गते, २०७२, इटहरी । 

आधुनिक गीति एल्बम प्रवाशी मनबाट ‘आफ्नै सम्झी दिलमा राखे’ नामक गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । पुर्बी नेपालको पर्यटकिय स्थल जामुनखाडी र बेतना सिमसार लगायत स्थानमा छायाङ्कन गरिएको भिडियोमा त्रिकोणात्मक प्रेम कथामा चार कलाकारले अभिनय गरेका छन ।

Video pic

गीतमा संचारकर्मी एवम मोडल सुवाश संकल्प, रोशन घिमिरे, स्मिता राई र कुशुम ओझाको अभिनय हेर्न पाईन्छ। गायक मनोजराज शिवाकोटिको स्वर, मनिराज बस्नेतको शब्द, बालन्द राइको संगितर हेको यस गीतको भिडियो निर्देशन बिबेक हिङमाङले गरेका हुन् । भिडियोको छायांकन निक बिष्टले गरेका हुन् । प्रेममा घात गरिएको कुरा भिडियोमा देखाउन खोजिएको छ ।

For More videos Log on to Mazzako TV