असोज १५ गते, शुक्रबार, २०७२, काठमाण्डौं ।

आजको अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा छापिएको समाचारलाई आधार मान्ने हो भने पारस खड्का अब नेपाली क्रिकेट टोलीको कप्तान रहनेछैनन् । नेपाल क्रिकेट संघ क्यानले टोलीका कप्तान पारस खड्कालाई पदबाट हटाउने निर्णय गरेको छ ।

Paras new
अनुशासन बिपरित काम गरेको भन्दै क्यानको विहिबार बसेको बैठकले कारबाही स्वरुप पारसलाई कप्तानबाट हटाईएको हो । स्रोतका अनुसार पारसले क्यानविरुद्ध राजनीति गरेको भन्दै बैठकमा चर्को आलोचना भएको थियो । क्यानको अनुशासन समितिले समेत पारसले अनुशासनविपरित काम गरेको निष्कर्ष निकालेको थियो ।

तर,

यसैबीच पारसको समाचार भाईरल भएपछि क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले संचारमाध्यममा खड्कालाइ कप्तानबाट हटाइएको भनि आएका समाचार गलत भएको बताउनुभयो ।

हिजो बसेको क्यान बैठकमा खड्काका पछिल्ला अभिव्यक्तिलाइ लिएर छलफल भएपनि कुनै निर्णय नभएको कर्माचार्यले बताउनुभयो । कप्तान खडकाले केहि दिनयता क्रिकेट विकासमा ध्यान नदिएको भन्दै क्यानको आलोचना गरेका थिए ।

For More videos Log on to Mazzako TV