मज्जाको अनलाईन, असोज १४ गते, विहिबार, २०७२, काठमाण्डौं । 

प्रसंग हो, हाँस्य टेलिश्रंखला ‘तितो सत्य’को ‘सुखद ६०० भाग’को खुशीको। १२ बर्षसम्म काँचको पर्दामा श्रीमान श्रीमतीको रुपमा अभिनय गर्दै आएको दिपक दिपाको जोडीलाई अझै पनि धेरैले रियल लाईफको पनि श्रीमान् श्रीमती नै हो भन्ने ठान्छन् । सानो पर्दाको यो हिट जोडी अब भने श्रीमान श्रीमतीको रुपमा तितो सत्यमा देखिने सम्भावना न्यन छ । विहिबार ‘तितो सत्य’ले नेपाली टेलिभिजनको इतिहासमा किर्तिमानी राख्दै सुखद ६०० भाग पुरा गरेको छ । सुरुवात देखि नै श्रीमान श्रीमती भएर पर्दामा देखिएका दिपक दिपा अब ६०१ औ भागदेखि भने फरक अवतारमा देखा पर्दैछन् ।

Capture

‘अब यो जोडी छुट्छ त ?’ मज्जाको अनलाईनको प्रश्नमा दिपाले भनिन्, ‘छुट्दैन कदापी छुट्दैन्, पहिले श्रीमान श्रीमतीको रुपमा देखा पर्दै आएका थियौं अब ब्वाईफ्रेन्ड गर्लफ्रेन्डको रुपमा देखिनेछौ ।’  यति भनिसकेपछि उनी निकै लामो हाँसो हासिन् । १२ बर्षे यात्राको बाधा र अड्चनहरु सुनाउदै दिपाले ‘यात्रा रहेछ जिन्दगी’ भन्दै गीत गाईन् भने दिपकले दिपालाई हेरेर ‘पुरानो हुदैन माया’ भन्दै मुस्कुराए ।

१२ बर्ष अगाडि सुरु भएको ‘तितो सत्य’बाट धेरै हाँस्यकलाकारहरुको जन्म पनि भयो । सर्वाधिक चर्चित र उच्च टीआरपी भएको हाँस्यश्रंखला तितो सत्य नेपाल टेलिभिजनमा हरेक बिहिबार राती ८.४५ मा प्रशारण हुँदै आएको छ ।

दिपकराज गिरी र दिपाश्री निरौलासँग मज्जाको टिभीले गरेको रमाईलो कुराकानी हेरौं ।

For More videos Log on to Mazzako TV