अर्जुन गुरागाई, असोज १३ गते बुधबार, २०७२, इटहरी ।

करिब १० बर्षको संर्घषपछि गायक मिलन श्रेष्ठले पहिलो गिति संग्रह बजारमा ल्याएका छन् । ‘मिलन गीता’ नाम राखिएको यस गिति संग्रहमा उनलाई श्रीमती गीता गुरुङ्गले पनि साथ दिएकी छिन् । मोरङको अमदहका यि गायकले पहिलो एल्बम रिलिजसँगै आफ्नो संगितिक यात्रा झन सशक्त भएको प्रतिक्रिया दिएका छन् ।

12071391_899825843431211_305394594_n

‘सरर बसैको झयालैमा बसौंला’,‘तिम्रो माया म धेरै गर्छु’, ‘मेरो चञ्चले जवानी फुल्नै लाग्यो’, ‘तिमी बिना जिउन गाह्रो भो’ र ‘भावनामा डुबाई डुबाई कहाँ’ बोलका गीत एल्बममा समावेश छ । गीतमा आशुमान लामा, राजनराज शिवाकोटी र कमल खत्रीको शब्द संगीत छ । श्रेष्ठले एल्बमका तीन गीतको भिडियो पनि निर्माण गरेका छन् ।

‘पहिलो एल्बमबाट एकदम सकारात्मक प्रतिकृया पाएको छु, यसले गीत संगीतमा लाग्न थप हौसला मिलेको छ’, गायक श्रेष्ठले मज्जाको अनलाईनसँग भने, ‘संगीत मेरो जीवन हो, संगीतलाई कहिल्यै छोड्न सँक्दिन आगामी दिनमा झनै श्रोताहरुको मन जित्ने गीतहरु बजारमा ल्याउनेछु । उनी गायनदेखि बाहेक मोडलिङ्गमा पनि रुचि राख्छन् । आधा दर्जन म्यूजिक भिडियोमा समेत उनले अभिनय गरिसकेका छन् ।

For More videos Log on to Mazzako TV