मज्जाको अनलाईन, असोज १३ गते, बुधबार, २०७२, काठमाण्डौं ।

‘मेरो त गरे पनि अभिनय, नगरेपनि अभिनय नै हो’ उनले मज्जाको टिभीसँगको एक भेटमा निकै फरासिलो ढंगमा भने, ‘कलाकारिता भन्दा बाहिर त केही पो सोचेको छैन त हव, हैट ।’  यतिबेला नाटक, सानो पर्दा देखि लिएर ठुलो पर्दामा पनि निकै रुचाईएका कलाकार हुन् बुद्धि तामाङ्ग अर्थात ‘हैट’ । चलचित्र ‘कबड्डी’बाट उनले बोलेको ‘हैट’ भन्ने थेगो हिट भएपछि यतिबेला उनलाई उनको नामले भन्दा पनि ‘हैट’ भनेर नै धेरैले चिन्छन् ।

IMG_6433

काभ्रे स्थायी घर भएका बुद्धि निकै सरल छन् । सुरुवाती दिनमा जीवनमा कुनै लक्ष्य नराखेको बताउने तामाङ्ग अहिले आएर भने कलाकारितालाई नै आफ्नो जीवन मान्छन् । यतिबेला हाँस्य श्रंखला ‘मेरी बास्सै’मा उनी ‘हनुमाने’ भन्ने चरित्रमा देखा पर्छन् । सानो पर्दा देखि ठुलो पर्दा सम्म काम गरेपनि उनलाई सबैभन्दा रमाईलो चाहि थिएटरमै लाग्छ रे ।

क्यारेक्टरमा बसेर अभिनय गर्दा मज्जा र चुनौती दुबै हुने उनी बताउछन् । ‘कबड्डी’ चलचित्रका लागि उनले मुस्ताङ्गमा मगर जातीका मानिसहरुको अवलोकन र अध्ययन गरेको सुनाउछन् । ‘कबड्डी’ सुपरहिट भयो र यतिबेला पुन: चलचित्र ‘कबड्डी कबड्डी’ सबैको प्रतिक्षित चलचित्र बनेको छ ।

IMG_6435

कलाकारीतालाई ब्यबसायिक बनाउनु पर्ने उनको भनाई छ । पछिल्लो समय थिएटर र फिल्मको माहोल निकै राम्रो भईरहेको सुनाउदै उनी भन्छन्, ‘कलाकारितामै लागेर बाँच्न सक्ने बातावरण बन्दैछ, जुन हामी सबैका लागि राम्रो हो ।’ जीवनलाई संघर्ष मान्ने यि कलाकारले आफ्नो संघर्ष र सफल्ताको कथा हामीसँग यसरी सेयर गरे । भिडियो हेर्नुहोस् ।

For More videos Log on to Mazzako TV