मज्जाको अनलाईन, असोज १२ गते, मंगलबार, २०७२, काठमाडौ ।

भारतकालागि नेपाली राजदुत दिपकुमार उपाध्यायले भारतले नेपालमा नाकाबन्दी नै नलगाएको बताएका छन् । भारतको अघोषित नाकाबन्दीको कारण नेपालमा सहज आपूर्ति नहुँदा जनजीवन कष्टकर बन्दै गईरहेको बेला उनको त्यस्तो भनाई आएको हो ।

Deep 2

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘भारतले नाकाबन्दी नलगाएको भनेर पटक पटक भनिरहेको छ । उसले नेपालमा असुरक्षा छ भनेर भनिरहेको छ । यस्तो बेलामा हामीले नाकाबन्दी लगाएको भन्ने आधार छैन् ।’ उनले थपे, ‘कुटनीतिक तहबाट समस्याको समाधान खोज्नु पर्छ । आरोप प्रत्यारोप गरेर समस्याको समाधान हुँदैन ।’

उनले नेपालले गरिरहेको कुटनीतिक प्रयास टुङ्गोमा नपुगुन्जेलसम्म धैर्य गर्नुपर्ने भन्दै भारतले सात बुँदे प्रस्ताव पठाएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिब्यक्ति नआउन्जेलसम्म हामी संयमित हुनु पर्ने भन्दै अहिले नै एक अर्काको हृदय विझ्ने गरी कुनै काम गर्न नहुने बताए ।

उपाध्यायले भने,‘ अब केही दिन मात्रै धैर्य गर्नु पर्छ । समस्याको समाधान हुन्छ । जे भयो अति भयो अब यसलाई अघि बढाउनु हुँदैन ।’

For More videos Log on to Mazzako TV