मज्जाको अनलाईन, असोज १२ गते, २०७२, काठमाडौं ।

सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले राज्यले दमनका कारण अहिले पाँच हजार आन्दोलनकारी भारतको भूमिमा आश्रय लिईरहेको खुलासा गरेका छन् ।

रिपोर्टर्स क्लबमा नेपाल मानवअधिकार सङ्गठनले आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव सुमनले संविधानले मधेशी जनतालाई अधिकार विहिन बनाएको आरोप लगाउँदै सरकार कूटनीतिक रुपमा असफल भएकाले भारतले नाकाबन्दी लगाउन बाध्य भएको दावी गरे ।

madhe

उनले भने– भारतीय च्यानल बन्द गर्दैमा समस्या समाधान हुँदैन, यो समस्या समाधान गर्नका लागि सरकारले मधेशको माग सम्बोधन गर्नुपर्छ ।
तमोलोपाका महामन्त्री गोविन्द चौधरीले सरकारले आपूmलाई दाता ठानेको र आन्दोलनकारीलाई भिखारी ठानेको हुनाले यस्तो समस्या आएको आरोप लगाए ।

उनले मधेशीहरुले समान हैसियत नपाएसम्म आन्दोलन जारी राख्ने र राज्यले आफूहरुसँग भएको सम्झौताहरु कार्यान्वयन नभए वार्तासमेत नहुने स्पष्ट पारे ।

कार्यक्रममा अधिवक्ता दीपेन्द्र झाले मधेशमा बयालीस दिनसम्म आन्दोलन हुँदासमेत सरकारले वेवस्ता गरेका कारण नाकाबन्दीसम्मको कदम चाल्न बाध्य भएको बताए । सरकारले मधेशमा दमन गरे मानअधिकारको उलङ्घन गरेको आरोप लगाउँदै मधेश आन्दोलनमा देखिएको भारतीय हस्तक्षेपकलाई अलग ढङ्गले बुझ्नुपर्ने तर्क गरे ।

For More videos Log on to Mazzako TV