मज्जाको अनलाईन, असोज १० गते, आईतबार, २०७२, काठमाण्डौं ।

एमाओवादी नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड र बाबुराम भट्टराई बीचको तीस बर्षको सहयात्रा टुटेपछि नेपाली राजनिति वृतमा आ-आफ्नै किसिमाका टिका टिप्पणीहरु भईरहेका छन् । बाबुरामले शनिवार पाटी परित्याग गरेपछि यतिबेला सामाजिक सञ्जालहरुमा यो बिषय सबैको चासोको बिषय बनेको छ । उनै सक्कली पात्रहरुका नक्कली अनुहारहरु अर्थात घनश्याम गौतम ‘नक्कली प्रचण्ड’ र ज्योती काफ्ले ‘नक्कली बाबुराम ले’ यो तातो बिषयमा चोटिलो ब्यंग्य गरेका छन् ।

Nakkali baburam and Prachanda

विशुद्व मनोरञ्जनको हेतुले मज्जाको टिभीले बनाएको यस भिडियोमा बाबुराम र प्रचण्डबीचको मनमुटाव र एक अर्काप्रतिको आरोप प्रत्यारोपलाई देखाईएको छ । ब्यंग्यात्म शैलीमा एमाओवादीसँग ‘बि’ माओवादी अर्थात बाबुराम माओवादी बनाएर मिल्न सक्ने पनि भनिएको छ । बाबुरामलाई रोईरहेको देखाईएको छ भने प्रचण्डले उनको आशु पुसेको पनि देख्न सकिन्छ ।

नक्कली बाबुराम र प्रचण्डको रमाईलो भिडियो हेर्नुस् ।

For More videos Log on to Mazzako TV