मज्जाको अनलाईन, असोज १० गते, आईतबार, २०७२, काठमाण्डौं ।

Profile pic

बिग बजेटमा निर्माण गरिएको चलचित्र चंखे शंखे पंखेको ब्यापार क्रमश बढ्दै गईरहेको छ । शुक्रबार भन्दा शनिवार चलचित्रको ब्यापार निकै राम्रो देखिएको छ । त्यस्तै आईतबार पनि चलचित्र हेर्न हलमा दर्शकको निकै बाक्लो उपस्थिती देखियो । चलचित्रको ब्यापार क्रमश उकालो लाग्दै गएपछि निर्माता सन्तोष सेन पनि निकै खुशी देखिएका छन् ।

12037977_442705105937981_1918045678386338383_n

प्रचार प्रसारमा पनि निकै खर्च गरिएको यस चलचित्रले राष्ट्रियताको बिषयलाई उठान गरेको छ । अहिलेको बिषम परिस्थितीमा चलचित्रले देखाउन खोजेको देशप्रेम, तीन साथीहरुको मित्रताको कथा अनि समर्पणलाई दर्शकले रुचाएको देखिन्छ । राजधानीका गोपीकृष्ण, गुण र अष्टनारायणमा सिनेमा हेर्ने दर्शकको उल्लेख्य उपस्थिती देखिएको छ ।

11261797_887142201369811_8076070522671678158_n

सुर्दशन थापाको निर्देशनमा बनेको चलचित्र चंखे शंखे पंखेमा सुर्दशनका अलावा सुवास थापा, प्रेम पुरी, पुजा शर्मा, राजाराम पौडेल, प्रमोद अग्रहरी लगायतको मुख्य भुमिका रहेको छ ।

For More videos Log on to Mazzako TV