काठमाडौं, ९ असोज ।

babuडा. बाबुराम भट्टराईले एकीकृत नेकपा माओवादी परित्याग गरेका छन् । पुर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले राजधानीमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरि सो कुरा जानकारी गराएका हुन् । उनले एकीकृत माओवादीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको बताएका छन् । पार्टी परित्यागको विषयमा अध्यक्ष प्रचण्डलाइ जानकारी गराई सकेको उनले पत्रकारहरु सामु बताएका छन् ।

२०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्नु अघि संयुक्त जनमोर्चा नेपालले भट्टराईकै नेतृत्वमा ४० बुादे माग तत्कालीन देउवा सरकारलाई बुझाएको थियो । त्यसयता बाबुराम प्रचण्डसँगै थिए तर उनीहरुको तीन दशक लामो राजनीतिक सहकार्य आजबाट तोडिएको छ ।

आफूले व्यवस्थापिका संसद सदस्यबाट पनि राजीनामा दिएको र यो कुराको जानकारी सभासमुख सुवासचन्द्र नेम्वाङलाई गराईसकेको बताए । भट्टराई २०७० साल मंसिर ४ गते भएको संविधानसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

For More videos Log on to Mazzako TV