मज्जाको अनलाईन, असोज ९ गते, शनिवार, २०७२, काठमाण्डौं ।

प्रर्दशनको दोस्रो सातामा प्रवेश गर्दा पनि ‘वडा नम्बर ६’ ले दर्शकको साथ मज्जाले पाईरहेको छ । राजधानीका अधिकांश हलहरुमा दोस्रो सातामा पनि चलचित्रले हाउसफुलको ब्यापार गरिरहेको छ । दोस्रो साताको शुक्रबार र शनिवारको ब्यापार झन राम्रो भएको चलचित्रकी निर्मात्री दिपाश्री  निरौला प्रतिक्रिया दिन्छिन् । उनको भनाईलाई आधार मान्ने हो भने शनिवार बेलुकी सम्म चलचित्रको ग्रश कलेक्सन दुई करोड क्रश हुन्छ ।

IMG_6028

चलचित्रको सफल्ताको लागि माउथ पब्लिसिटीले निकै ठुलो काम गरेको देखिन्छ । सिंगल स्क्रिनमा मात्रै नभएर मल्टिप्लेक्समा पनि चलचित्रले आक्रमक कलेक्सन गरिरहेको छ । ८० लाख लागत बताइएको फिल्मको लगानी राजधानी बाटै उठाउने निश्चित छ ।

IMG_6092

मोफसलमा आगामी शुक्रबार अर्थात असोज १५ गतेबाट ‘वडा नम्बर ६’  प्रर्दशनमा आउनेछ । तराई आन्दोलनका कारण वितरण कम्पनी एफडिले असोज १ गते फिल्मको मोफसल प्रदर्शन स्थगन गरेको थियो ।

उज्वल घिमिरे निर्देशित फिल्म ‘वडा नं ६’ मा दीपकराज सहित जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका रहेको छ ।

यसैबीच चलचित्रको बम्पर सफल्ताबाट खुशी भएर नायिका प्रियंका कार्कीले वडा नम्बर ६ लेखिएको केक पनि काटेकी छिन् । हेरौ भिडियो ।

 

For More videos Log on to Mazzako TV