मज्जाको अनलाईन, असोज ६ गते, बुधबार, २०७२, काठमाण्डौं । 

नयाँ नेपालको नयाँ संविधान जारी भएपछि अरु नेपालीहरु झै कलाकार हरिवंश आचार्य पनि खुशी छन् । संविधान जारी भएको खुशीयालीमा उनले पनि घरमा दिप प्रज्वलन गरे, परिवारसँग खुशी बाँडे । सविधान जारी भएकोमा उनी खुशी छन् तर सँगसँगै उनलाई चिन्ता र चासो पनि छ कि यसको कार्यान्वयन अब कसरी हुन्छ भनेर । संविधानलाई कुच्लिएर हिड्ने नियम कानुन नमान्नेहरु प्रति सरकारको कस्तो रणनिती हुन्छ त्यो चासोको विषय भएको उनले बताए ।

Haribansa Acharya
‘राजनैतिक क्रान्तिले न मान्छेलाई खान दिन्छ, न लाउन दिन्छ यसले त उत्तजेना मात्रै फैलाउने काम गर्छ’, कलाकार आचार्यले थपे, ‘अब हामी सारा नेपालीले खान पाउने क्रान्ति गर्नुपर्छ, यसको लागि हामी सबैले आम्दानीका ढोकाहरु खेल्नु पर्छ, रोजगारीको अवसर सृजना गर्नुपर्छ ।’  उनको बुझाईमा सबैजना काममा ब्यस्त भएपछि आफै सबै समस्या ठीक भएर जान्छ । सविधान जारी भएपछि अब हामी नेपाली जनताहरु पनि अनुशासित भएर अघि बढ्नुपर्ने अहिलेको समयको आवश्यक्ता रहेको उनले बताए । प्राप्त उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धि हासिल गर्नको लागि सबै मिलेर अघि बढ्नुको कुनै बिकल्प नभएको उनको भनाई छ ।

Hari 2

सरकार चलाउनेहरु घडीको पेन्डुलम जस्तो हुन नहुने पनि बताए । ‘सरकार चलाउनेहरुले कहिलेकाही कठोर पनि हुन सक्नुपर्छ, कठोर भनेको तानाशाह होईन’, हरिवंशले भने ‘पछि आउने समस्यालाई केही नसोचीकन हुन्छ भनिदिने बानीले गर्दा आम नेपाली जनताले दु:ख पाईरहेका छन् ।’ नेता भनेको दुरदर्शी हुने पर्ने उनको भनाई छ । यि र यस्तै कुराहरु सहित कलाकार हरिवंश आचार्यसँगको कुराकानी भिडियोमा हेर्नुस् ।

हाँस्यकलाकर हरिवंशसँगको एक्सक्लुसिभ अन्तरवार्ता हेर्नुस् ।

For More videos Log on to Mazzako TV