काठमाडौ, २ असोज ।

शाही यूवा शक्ति नेपालले जनताको भावना अनुसारको हिन्दु राष्ट्र र राजसस्थालाई संविधानमा नसमेटिए शसस्त्र यूद्धको चेतावनी दिएको छ ।

संगठनले शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विदेशीको डलरको प्रलोभनमा परि ८६ प्रतिसत नेपाली जनताको भावना विपरित गणतन्त्र र धर्म निरपेक्षताको मुद्दालाई जवरजस्ती लादन खोजेको भन्दै त्यसका विरुद्ध कडा संघर्ष गर्ने स्पष्ट पारेको छ ।

sahi
शाही यूवा शक्तिले यथास्थितिमा संविधानजारी भए त्यसलाई देशब्यापी रुपमा जलाउने, संविधान जारी भएकै दिन उपत्यकामा मसाल जुलुस निकाल्ने, असोज १० गते आमहडताल गर्ने आन्दोलनको कार्यक्रम घोषणा गर्दै त्यसपछि पनि आफूहरुले उठाएको मुद्दालाई बेवास्ता गरे शसस्त्र यूद्ध गर्ने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष पशुपति खड्काले जनताको भावना र चाहना विपरित एकलौटी ढंगले अगाडि बढे जस्तो सुकै कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

For More videos Log on to Mazzako TV