संविधान सार्वजनिक समारोहमा सबै मित्र राष्ट्रका प्रतिनिधिहरु सहभागि हुने
काठमाडौ, २९ भदौ ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आगामि असोज ३ गते नेपालको संविधान सार्वजनिक गर्ने विशेष समारोहमा सबै मित्र राष्ट्रका प्रतिनिधिहरु सहभागि हुने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘छोटो समय भएकोले यो समयमा निम्तो गर्दा मित्र राष्ट्रबाट उच्च प्रतिनिधि आउन समय नमिल्न सक्ने भएकोले कुटनीतिक रुपमा अनुकलता हेरेर निर्णय गर्छौ । समय कम भएकोले योे विषयमा निर्णय गर्न गाह्रो भईरहेको छ । तर संविधान सार्वजनिक गर्ने विशेष समारोहमा हाम्रा सबै मित्र राष्ट्र कुटनीतिक नियोगका मिसन प्रमुखहरुको उपस्थितिमा रहन्छ ।’
मन्त्री पाण्डेले यो वर्ष संयूक्त राष्ट्र संघ स्थापनाको ७० औ र नेपाल त्यसको सदस्य भएको ६० औ वर्षगाठ परेकोले यो पटकको साधारण सभाको महत्व विशिष्ट भएकोले मुलुकको कार्यकारी प्रमुखले नै बैठकमा नेतृत्व गर्नुपर्छ भन्ने आफ्नो धारणा भएको बताउँदै नयाँ बन्ने संविधान, राजनीतिक सहमति र प्राविधिक कुराका आधारमा कस्ले नेतृत्व गर्ने भन्ने विषयको एक दुई दिनमै निर्णय हुने जानकारी दिए ।
संविधानसभामा मधेसबाट प्रतिनिधित्व गर्ने सभासदहरुको बहुमत रहेकोले र मधेसी मुलका मात्रै अहिले १३० सभासदको उपस्थिति रहेकोले जारी हुने संविधानमा मधेसको पनि अपनत्व हुने भन्दै मन्त्री पाण्डेले यो विषयमा विस्तारै बुझ्दै गएपछि मधेसको आन्दोलन पनि कम हुने दावी गरे ।
For More videos Log on to Mazzako TV