प्रकाश पाठक, भदौ २९ गते, काठमाण्डौं ।

झापाका बेग्लाबेग्लै स्थानमा गएराती २ बटा बम बिष्फोट भएका छन् । संबिधान घोषणा गर्ने मिति संबिधानसभाले हिजो घोषणा गरेकै रात झापाको दमक स्थित ज्योती चर्च र खजुरगाछि स्थित ईन्मानुएल चर्चमा बम बिष्फोट भएको हो । बिष्फोटबाट चर्चहरुमा कुनै मानबिय क्षति नभएपनि भौतिक क्षति भने भएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक भिम शिलवालले जानकारी दिएका छन्  ।

राती साढे ११ बजेको समयमा दमकको ज्योती चर्चको मेन गेट र उत्र पट्टीको भागमा बिष्फोट भएको थियो । सोहि समयमा खजुरगाछि स्थित ईन्मानुएल चर्चमा पनि बिष्फोट भएको थियो । बिष्फोटबाट चर्चका सिसा तथा पर्खालमा क्षति पुगेको छ । बिष्फोटको जिम्मा हिन्दु मोर्चा नेपाल नामक संगठनले लिएको प्रहरी निरिक्षक शिलवालले जानकारी दिए  ।

चर्चहरुमा भेटिएको पर्चामा देशलाई हिन्दु राष्ट्र नबनाएको बिरोधमा सो बिष्फोट गराईएको अभियान सिंह नामक ब्यक्तिको हस्ताक्षरित पर्चामा उल्लेख गरिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

For More videos Log on to Mazzako TV