मज्जाको अनलाईन, भदौ २९ गते मंगलबार, २०७२, काठमाण्डौं ।

2
चलचित्र ‘के म तिम्रो होइन र’ को छायांकन शुरु गरिएको छ । सोमबार कलंकस्थित सिटी सेन्टर हस्पिटलमा मूर्हत फिल्मको छायाँकन सुरु गरिएको हो । चलचित्रका निर्माता सुरेश अधिकारी हुन् भने निर्देशन आकाश अधिकारीले गर्दैछन् । यही चलचित्रबाट आकाशले आफ्ना भतिज आर्यन अधिकारीलाई पनि हिरो बनाउदैछन् । आर्यनसँगै मरिष्का पोखरेल पनि यही चलचित्रबाट डेब्यु गर्दैछिन् ।

3

फिल्मको शुभसाइत समारोहमा अभिनेता शिव श्रेष्ठले नरिवल फोरेका थिए भने पुर्व राज्य मन्त्री देवेन्द्रराज कँडेलले क्ल्याप ठोके । नृत्य निर्देशक बसन्त कुमार श्रेष्ठले सटको निर्देशन दिंदा वितरक प्रदिप कुमार उदयले क्यामेराको स्विच अन गरे । फिल्मका मुख्य पात्र आर्यन, मरिष्का र गौरी मल्लले मुर्हत सट दिए ।

1

चालिस दिनको सुटिङ्ग सेड्युल लिएर फ्लोर ज्वाईन गरेको ‘के म तिम्रो होइन र’ मा मिथिला शर्मा, आकाश खवास, प्रज्वल गिरी, सविना गोपाली, सुरेन्द्र बसेल, रमेश अधिकारी, विनोद केसी लगायतको अभिनय रहनेछ । बसन्त सापकोटा र ताराप्रकास लिम्बुको संगीत रहने यस सिनेमामा रेनशा वान्तवा राईको नृत्य निर्देशन रहनेछ ।

For More videos Log on to Mazzako TV