मज्जाको अनलाईन, भदौ २९ गते, मंगलबार, २०७२, काठमाण्डौं ।

शनिबार सम्पन्न तेस्रो ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१’ का विजेताहरुलाई प्रधानमन्त्री शुशील कोइरालाले बधाई तथा शुभकामना दिएका छन् । सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा अवार्डका विजेता चलचित्रकर्मी र बलिउडबाट अवार्डमा सहभागी हुन आएकी गायिका सञ्जिवनीसँग प्रधानमन्त्री कोइरालाले भेटघाट गरेका हुन ।

प्रधानमन्त्रीलाई सञ्जिवनीले आफ्नो गीती एल्वम गिफ्ट गरिन अनि प्रधानमन्त्रीले उनको गीत सुन्ने इच्छा व्यक्त गरे । सञ्जिवनीले ‘पानी मिठो’ बोलको गीत सुनाइन । सञ्जिवनीले नेपाली गीत गाए पछि प्रधानमन्त्री दङ्ग हुँदै नेपाली बोल्न आउछ ? भनेर सोधे । जवाफमा सञ्जिवनीले आफुले थुप्रै नेपाली गीत गाएको भन्दै बोल्न नआउने तर नेपाली भाषा बुझ्ने बताइन ।

pm with nfdc  photo- kabindraman shakya

यता प्रधानमन्त्री कोईरालाले पनि आफु कला प्रेमी भएता पनि आफुलाई राजनीतिले खाएको तर सिनेमा हेर्ने आफ्नो रहर भने सधै ताजै रहेको बताए । उनले हिरा सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्राप्त चलचित्र ‘कबड्डी’ हेर्ने इच्छा समेत व्यक्त गरेका छन् । कार्यक्रममा गायक युवराज चौलागाई र प्रियंका कार्कीले पनि प्रधानमन्त्रीलाई गीत सुनाए ।

उक्त भेटमा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल सहित एनएफडिसीका पूर्व अध्यक्ष उद्धव पौडेल, अवार्डका जुरीहरु शुभबहादुर सुनाम, मञ्जुकुमार श्रेष्ठ, प्रदीप उपाध्याय र चैत्य देवी तथा प्रथम नेपाली नायिका भुवन चन्द सहित आयोजकको उपस्थिति थियो ।

फोटो –  कविन्द्र मान शाक्य

For More videos Log on to Mazzako TV