मज्जाको अनलाईन, भदौ २८ गते, सोमबार, २०७२, काठमाण्डौं ।

1

बालाजुस्थित माछापोखरीबाट शुरु गरिएको ‘वडा नम्बर ६’ को ‘स्ट्रिट कन्सर्ट’लाई चलचित्र युनिटले निरन्तरता दिईएको छ । चलचित्र प्रर्दशनको संघारमा निकै आक्रमक प्रचार प्रसारमा उत्रेको ‘वडा नम्बर ६’ युनिटले आईतबार राजधानीका चक्रपथ, चावहिल र कोटेश्वरमा वृहत कार्यक्रम गरेको छ ।

IMG_4801

यसैपनि हाँस्यकलाकारहरु त्यसमाथी अब सिनेमाको हिरो, दर्शकमाझ क्रेज त हुने नै भयो, कार्यक्रममा देखिएको ब्यापक जनसहभागिताले यही कुरा पुष्टि गर्छ कि चलचित्र दर्शकहरुको लागि बहुप्रतिक्षित बनेको छ ।

IMG_4823
आईतबारदेखि निकै ब्यापक रुपमा सडकमा उत्रिएको चलचित्रको टोलीले सोमबार र मंगलबार पनि यो प्रचारशैलीलाई निरन्तरता दिने भएको छ । काठमाण्डौं, ललितपुर र भक्तपुरका विभिन्न चोकहरुमा यस्तै मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिने बताईएको छ । ‘रमाईलोसँगै मनोरञ्जनले दर्शकहरुमाझ चलचित्रका बारेमा राम्रो छाप छोड्न सकिन्छ भन्ने लाग्छ’, चलचित्रका निर्माता दिपकराज गिरी भन्छन्, ‘प्रोमोसनल स्ट्रिट कन्सर्टबाट निकै राम्रो प्रतिक्रियाहरु प्राप्त भईरहेको छ ।’

IMG_5192

असोज १ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउन लागेको यस चलचित्रको रमाईलो प्रोमोशन कार्यक्रममा बालबालिका, युवायुवती तथा ७० बर्षे हजुरआमा पनि मज्जाले रमाएको देखियो ।

IMG_5010

उज्जवल घिमिरे निर्देशित चलचित्र ‘वडा नम्बर ६’ को प्रोमोशनल कार्यक्रममा दर्शकहरुले नायिका प्रियंका कार्कीको निकै खोजी गरेता पनि उनको सहभागिता भने देखिएन् । त्यस्तै चलचित्रका कलाकार जितु नेपाल पनि अहिले अमेरिका छन् भने दयाहाङ्ग सुटिङ्गमा रहेकाले उनीहरुको पनि उपस्थिती प्रोमोशनल कार्यक्रममा देखिएको छैन । यता निर्देशक उज्जवल घिमिरेको पनि प्रचार प्रसारको कार्यक्रममा उपस्थ्तिी शुन्य छ ।

IMG_5088

IMG_4805

IMG_4833

IMG_5021

IMG_5029

IMG_5186

IMG_5070

IMG_5096

IMG_5009

Photo by – Arjoon kr

भिडियो हेर्नुहोस् ।

 

For More videos Log on to Mazzako TV