मज्जाको अनलाईन, भदौ २५ गते, शुक्रबार, २०७२, काठमाण्डौं ।

चलचित्र ‘वडा नम्वर ६’ लाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । चलचित्रल लिएर सेन्सर बोर्ड पुगेका निर्माता दिपकराज गिरी, केदार घिमिरे माग्ने बुढा तथा निर्देशक उज्जवल घिमिरे सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएपछि खुशी देखिएका छन् । सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएपछि १६ बर्षभन्दा मुनिका बालबालिकाहरुले आफ्ना अभिभावकहरुलाई साथमा मात्र सिनेमा हेर्न पाउनेछन् ।

pg

हाँस्यकलाकारहरुको बाहुल्यता रहेको चलचित्र वडा नम्बर ६ लाई हेरेर सेन्सर बोर्डका सदस्यहरु पनि निकै मज्जाले हाँसेका थिए । ‘चलचित्रले युनिभर्सल सर्टिफिकेट पनि त पाउन सक्थ्यो नि, किन पिजी ?’ जवाफमा दिपकले भने, ‘हाम्रो चलचित्रमा कमेडीसँगै एक्सनमा पनि केही दृश्यहरु पनि छन् त्यसैले गर्दा वहाँहरुले पिजी सर्टिफिकेट दिनुभएको हो ।’

Woda number 6
असोज १ गतेबाट सार्वजनिक प्रर्दशनमा आउन लागेको यस चलचित्रले गाँउले परिवेशमा रहेर दर्शकलाई हसाउने निर्माण पक्षको दावी छ । दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, दयाहाङ्ग राईलाई हिरोको रुपमा देख्न पाईने यस चलचित्रमा यि हिरोहरुलाई नायिका प्रियंका कार्कीले साथ दिएकी छिन् । दर्शकहरुमाझ निकै हाईप क्रिएट गरेको यस चलचित्रका दुई गीत वाईयात लभ स्टोरी र सुर्के थैलीको यतिबेला बजारमा निकै चर्चा छ ।

For More videos Log on to Mazzako TV