मज्जाको अनलाईन, भदौ २२ गते मंगलबार, २०७२, काठमाण्डौं ।

‘मह’ जोडी हाँस्यब्यंग्यमा जति चर्चित छन्, गीत संगीतमा पनि उति नै चर्चित छन् । नियमित गीत बजारमा नआएपनि ‘मह’द्वारा गाईएका गीतहरु बेला बेला भने बजारमा आउछन्, अनि सबैको ध्यान खिच्छन् । यसैबीच ‘मह’का ‘ह’ अर्थात हरिवंश आचार्यले गाएको नयाँ गीत युट्युबबाट सार्वजनिक गरिएको छ ।

गीतमा राष्ट्रप्रेमसँगै प्रेमी प्रेमिकाको स्वच्छ मायालाई पनि बोलिएको छ । हरिवंश आचार्य स्वयंले लेखेको गीतमा संगीत पनि उनी स्वयंको नै छ । ‘चुच्चे हिमालमा, मै जहाँ भएनी मेरो मुटु नेपालमा…..’ गीतको म्युजिक भिडियोमा नयाँपन पाईन्छ । स्टुडियोमा खिचिईको भिडियोको बारेमा बताउदै गायक आचार्यले भने,  ‘खासमा भिडियो बनाउने नै भनेर फुटेज खिचिएको त होईन तर पछि त्यही फुटेज नै आर्कषक हुने जस्तो लागेर म्युजिक भिडियोको स्वरुप दिईएको हो ।’  यस गीति भिडियोमा हरिवंश पत्नी रमिला पाठकलाई पनि देख्न सकिन्छ ।

Capture

सार्वजनिक यस गीतका भावहरुले नेपाली मनको मिठो माया अनि चुच्चा हिमालझै अटल र निश्चछल स्वभावलाई शब्दभावहरुमा ब्यक्त गरेको छ । अहिलेको घडीमा हामी सबैले नेपाल आमालाई माया गर्ने बेला आएको छ भन्ने सन्देश पनि गीतले दिन खोजेको छ । यस गीतको म्युजिक भिडियोलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् भने सगीत संयोजन जीवित जल्मीले गरेका हुन् । गौरी शंकर धुजुँको छायांकन रहेको यस भिडियोलाई गणेश कँडेलले सम्पादन गरेका हुन् ।

For More videos Log on to Mazzako TV