मज्जाको अनलाईन, भदौ २१ गते, सोमबार,२०७२, काठमाण्डौ ।

प्रशंग हो चलचित्र वडा ‘नम्बर ६’ को प्रचार प्रसारको कार्यक्रमको । शनिवार चलचित्र ‘वडा नम्बर ६’ को टोली बालाजु स्थित माछापोखरीमा कार्यक्रम गर्न पुगेको थियो । टोलीमा थिए चलचित्रका प्राय सबै कलाकारहरु लगायत सञ्चारकर्मीहरु । ‘वडा नम्बर ६’ को आक्रामक प्रचार स्वरुप शुरु गरिएको ‘स्ट्रिट कन्सर्ट’मा बढो रमाईलो दृश्यहरु देख्न पाईयो । यसैबीच सबैभन्दा रोचक भने सिताराम कट्टेल ‘धुर्मुस’ भर्सेस केदार घिमिरे ‘माग्ने बुढा’लाई मान्न सकिन्छ ।

Dhurmus and Magne

दर्शक दिर्घामा गाइगाइ गुईगुई नसुनिएको पनि होईन कि ‘धुर्मुस र माग्ने बुढा’ एक अर्कामा बोल्दैनन् । तर त्यसको ठीक बिपरित स्टेजमा उनीहरु एक अर्कालाई छेडखानी गर्दै जुहारीमा उत्रिएको देखियो । जब  माग्ने र धुर्मुस दुबैलाई उद्घोषक राजाराजेन्द्रले स्टेजमा बोलाए, माग्नेले भने, ‘मलाई चाहि किन बोलाएको नि ?’ उनी स्टेजमै थिए तर धुर्मुस अगाडी उनी पछाडी कुर्सीमा मज्जाले बसिईरहेका ।

धुर्मुस आफ्नो प्रस्तुती दिईरहेका थिए, माग्ने बुढाभने पछाडी बसेर बीच बीचमा प्वाक्क प्वाक्क बोलिरहेका थिए । दर्शकलाई निकै अन्योल भयो, माग्नेले धुर्मुसलाई डिष्टर्ब गरिरहेका हुन् या उनीहरुको प्रस्तुती नै यस्तै हो ? या त चलचित्र प्रचार प्रसारको नयाँ फण्डा  ? तर बीचमा कोही कोही भन्दै थिए, ‘माग्ने र धुर्मुस बोल्न त बोल्दा रैछन् तर एक अर्कालाई देखि सहदा रहेनछन्’ ।

‘धुर्मुस भर्सेस माग्ने बुढा ‘…..यो सम्बन्ध चिसो हो या तातो ???  भिडियो हेर्नुहोस् अनि आफै अनुमान लगाउनुस् ।

For More videos Log on to Mazzako TV