मज्जाको अनलाईन, भदौ १८ गते आईतबार, २०७२, काठमाण्डौं ।

चलचित्र ठमेल डट कमको ओरिजिलन साउण्ड ट्रयाक रिलिज भएको छ । गोपीकृष्ण भुमिजको ब्यानरमा बनेको चलचित्र ठमेल डट कमको ‘ओएसटी’मा अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेयको शब्द र सुवानी मुत्तानको स्वर रहेको छ ।

चलचित्र ‘ठमेल डट कम’ को यसै गीतमार्फत पहिलो पटक मोडल सम्पदा बानियाँ चलचित्रमा फिचरिंग भएकी छिन्। अनुप बिक्रम शाही,प्रमोद अग्रहरी र नरेन खड्कासंगै निता पोखरेलको मुख्य भूमिका रहेको चलचित्र दशैमा सार्वजनिक प्रर्दशनमा आउदैंछ ।

पुराना चर्चित निर्देशक राजकुमार शर्मा चलचित्र ‘ठमेल डटकम’बाट नेपाली रजतपटमा पुनरागमन समेत गर्दैछन् । निर्देशक पुराना भएपनि चलचित्रले पछिल्लो समयका युवा पुस्ता केन्द्रित कथा बोकेको छ ।

For More videos Log on to Mazzako TV