मज्जाको अनलाईन, भदौ १८ गते, शुक्रबार, २०७२, काठमाण्डौं ।

चलचित्र निर्देशक दिपा बस्नेत निर्देशित पहिलो सर्ट मुभि युट्युबमा सार्वजनिक गरिएको छ । ‘भाडो’ शीर्षकमा बनाईएको यो छोटो चलचित्रमा एक किशोरको यौन मनोविज्ञानलाई देखाउन खोजिएको छ । वरिष्ठ साहित्यकार गोविन्द मल्ल गोठालेको “भाँडो” कथामा बनेकोे या छोटो चलचित्र २०१० नै तयार पारिएको हो ।

Pic new

घरेलु काम गर्न मालिकको घरमा बसेको एक युवकको कथामा बनेको यस चलचित्र बड्स फिल्म फियस्टा २०१० मा पहिलो प्रर्दशन गरिएको थियो भने टोरन्टो नेपाली चलचित्र महोत्सब २०११ मा आधिकारिक छनौट भएर प्रर्दशन भएको थियो ।

जीवनसाथी फिल्मसले प्रस्तुत गरेको चलचित्रमा रमेश धमलाको छायाँकन रहेको छ भने अशिम चित्रकारको सम्पादन रहेको छ । चलचित्रमा नबराज खड्का, शान्ति गिरी, लक्ष्मण न्यौपाने, युगज्योति क्रियाशिल, शुशीला जोशि र अहिलेकी चर्चित गायिका ज्योति मगरको मुख्य भमिका रहेको छ ।

For More videos Log on to Mazzako TV