मज्जाको अनलाईन, भदौ १६ गते, बुधबार, २०७२, काठमाण्डौं ।

यही भदौ २५ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउन लागेको चलचित्र ‘लव सब’को प्रोमोशनका लागि विभिन्न रणनितिहरु अपनाईएको छ । यसै बीच चलचित्रका कलाकार शिशिर भण्डारीले गाईजात्राको अवसर भन्दै रमाईलो ढंगबाट चलचित्रका कुराहरु समेटी कमेडी गरेका छन् । सञ्चारकर्मी तथा हाँस्यकलाकार भण्डारीले विभिन्न क्यारिकेचर मार्फत चलचित्र हेर्नको लागि आम जनतालाई अनुरोध पनि गरेका छन् ।

love-sab-first-look

चलचित्रको युनिट यतिबेला फेसबुक क्याम्पेनिङ्ग देखि रेडियो र टेलिभिजनमा समेत प्रचारप्रसारमा निकै ब्यस्त छ । हाँस्यप्रधान चलचित्र ‘लव सब’को ट्रेलर रिलिजसँगै दर्शकमा चलचित्रको चासो निकै बढ्दो छ । सुशिल पोख्रेल र नरेन्द्र महर्जनले मिलेर निर्माण गरेको यस चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा संयम पुरी, सलोन बस्नेत, करिश्मा श्रेष्ठ र शिशिर भण्डारीले प्रमुख भुमिका रहेको बताईन्छ ।

चलचित्रको प्रोमोशनका लागि हाँस्यकलाकार शिशिर भण्डारी प्रस्तुती यस्तो छ ।

For More videos Log on to Mazzako TV