मज्जाको अनलाईन, भदौं १० गते विहिबार, २०७२, काठमाण्डौं ।

नेक्स्ट इभेन्ट इन्टरनेश्नल प्रा. लि.को आयोजनामा ‘मिस इन्टरनेश्नल क्वीन नेपाल २०१५’ नामक ब्युटी पेजेन्ट हुनेभएको छ । यस प्रतियोगतिामा भाग लिनको लागि उमेर १५ बर्षदेखि २५ बर्षसम्म हुनु पर्नेछ भने उचाई पाँच फिट दुई इन्च तोकिएको छ । शैक्षिक योग्यता एस. एल. सी. उतिर्ण हुनु पर्नेछ । प्रतियोगीतको आयोजक संस्था नेक्स्ट इभेन्टले यस अघि ‘मिस टिन क्वीन नेपाल’को अयोजना गरिसकेको छ । अडिसन यही सेप्टेम्बर १२ देखि शुरु हुने बताईएको छ ।

11219697_791272507649469_4294638690586390153_n

यस ब्युटी पेजेन्टमा ‘वाईल्ड कार्ड इन्ट्री’को समेत ब्यबस्था गरिएको हुनाले आयोजकले प्रतियोगीतामा सहभागिता जनाउन चाहनेलाई मिस इन्टरनेशनल क्वीनको अफसियल फेसबुक पेजमा फोटो पठाउन पनि अनुरोध गरेको छ । फेसबुकमा प्राप्त फोटोहरुमध्ये सबैभन्दा बढी लाईक पाउने तीन जनालाई अडिसन बिना नै डाईरेक्ट ट्रेनिङ्गमा समावेश गरिने बताईएको छ ।

11949356_791320934311293_1892803104074122719_n

प्रतियोगीतामा बिजेता बन्नेले नगत पुरस्कार सहित विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछन् । साथै थाईल्याण्डको पटायामा २०१५ मै हुने मिस इन्टरनेश्नल क्वीन प्रतियोगीतामा नेपाललाई प्रतिनिधित्व गर्न पाउनेछन् ।

यस प्रतियोगिताको बारेमा थप जानकारी लिन मिस इन्टरनेश्नल क्वीन नेपालको अफिसियल फेसबुक पेज भिजिट गर्नु होला ।

 

For More videos Log on to Mazzako TV