मज्जाको अनलाईन, भदौ १० गते, विहिबार, २०७२, काठमाण्डौं ।

हाँस्यकलाकारहरुको बाहुल्यता रहेको चलचित्र ‘वडा नम्बर ६’ को पुन: नयाँ टेलर रिलिज गरिएको छ । ट्रेलरमा गीत, हाँस्यब्यंग्यसँगै कुण्ठा र आक्रोशलाई पनि देखाउन खोजिएको छ । नायिका प्रियंका कार्कीले चलचित्रका नायक दिपकराज गिरीलाई किन बन्दुक तेर्सयाईन ? त्यो भने चलचित्र हेरेपछि नै थाहा होला । चलचित्रको भर्खरै सार्वजनिक ट्रेलरमा पनि ‘माग्ने बुढा’को ‘हल्का रमाईलो’ भने छुटेको छैन । उनको यही डाईलगले हलमा दर्शकको हाँसो छुटाउने कुरामा निर्माण युनिट विश्वस्त देखिन्छ ।

11947671_1133169010046221_8009346508843947634_n

असोज १ गतेदेखि प्रर्दशनमा आउन लागेको यस सिनेमाको यसअघिको प्रचार सामाग्रीहरुबाट निर्माण युनिट निकै सन्तुष्ट देखिएको छ । ‘चलचित्रको गीतहरु र यसअघिको टिजरलाई दर्शकले मन पराईदिनुभएको छ, आशा छ चलचित्रले उहाँहरुलाई सन्तुष्ट बनाउनेछ’, निर्मात्री तथा कलाकार दिपाश्री निरौलाले प्रतिक्रिया दिईन् । । भर्खरै सार्वजनिक गरिएको प्रामोमा दिपकराज गिरी, प्रियंकाकार्की, नीर शाह, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, राजाराम पौडेल, दयाहाङ्ग राई, सन्दिप क्षेत्री, अरुणा कार्की देखि अनुराग मान सिंह कुवरलाई समेत देख्न सकिन्छ ।

चलचित्रमा कुनैपनि किसिमको कमजोरी नहोस भनेर दिपकराज गिरी र दिपाश्री निरौला सहितको टोली दिनरात खटिईरहेको छ । चलचित्रलाई उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्र ‘वडा नम्बर ६’ का कार्यकारी निर्माता निर्मल शर्मा गैडा हुन् ।

For More videos Log on to Mazzako TV