मज्जाको अनलाईन, श्रावण ३० गते, शनिवार ।

विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको चलचित्र ‘लभ यू बाबा’जापानको सिन्होकुवो फिल्म फेस्टिभलमा प्रदर्शन हुने भएको छ। सिनेमा प्रर्दशनका लागि चलचित्रका निर्देशक बिष्ट उनकी आमा तथा चलचित्रकी निर्मात्री सम्झना पोखरेलको साथमा जापान पुगिसेकेका छन् ।

1

टोकियोको शिनओकुबोमा आउँदो अगस्ट १६ तारिक अर्थात भोली आइतबार १३.३० बजे र अगस्टको २० तारिक बिहिबार १७.०० बजे चलचित्रको प्रर्दशन गरिने बताईएको छ । पहिलो पटक नेपाली चलचित्रले सहभागिता जनाएको एकहप्ते शिनओकुबो फिल्म फेस्टिवलमा दश हजार जनाले सहभागीता जनाउने छन् ।

2

फेष्टिभलमा नेपाल, साउथ कोरिया, चिन, सिङ्गापुर, थाइल्यान्ड, बेल्जियमका १७ वटा चलचित्रहरु प्रदर्शन गरिने छ ।

For More videos Log on to Mazzako TV