मज्जाको अनलाईन, श्रावण २९ गते, शुक्रबार, २०७२, काठमाण्डौं ।

रंगपत्रकार रंगपत्रकार विशाल राईले एक होईन, दुई होईन, तीन पनि होईन, चार जना युवतीहरुसँग रोमान्स गर्न भ्याएका छन् । हेर्दा कोरियन नायक जस्तो लुक्स भएका राईलाई नितिन चन्दले रोमान्सका लागि उक्साएका हुन् । नितिनले निर्देशन गरेको ‘कोई छ’ बोलको गीति भिडियोमा यो सबै कुरा देख्न पाईन्छ । गीतमा आवाज तयाहाङ्गमा राईको छ भने शब्द घनश्याम पाथिक र संगीत राज सागरको हो ।

BIshal 2

म्युजिक भिडियोमा रंग पत्रकार विशालका साथै एलिसा राई, सुमन र त्रिप्ताको अभिनय रहेको छ । म्युजिक भिडियोमा स्वयम गायिका तायाहाङलाई पनि देख्न सकिन्छ । गीतको भावअनुसार म्युजिक भिडियोमा नौलोपन दिन खोजेको निर्देशक नितिनले प्रतिक्रिया दिएका छन् । यता, रंगपत्रकार बाट मोडल बनेका राई पनि भिडियोबाट राम्रो प्रतिक्रिया आईरहेको जानकारी गराउछन् ।

यु आर स्टाइल इन्टरटेन्मेन्ट टिमले बनाएको यस म्युजिक भिडियोलाई रुपेश थापाले खिचेका हुन्।

https://youtu.be/LeBevPaRxFs

For More videos Log on to Mazzako TV