मज्जाको अनलाईन, श्रावण २६ गते मंगलबार, २०७२, काठमाण्डौं ।

IMG_1025

चलचित्र निर्देशक तथा कलाकार लय संग्रौला आसन्न कलाकार संघको चुनावमा अध्यक्ष पदको लागि आफ्नो उमेद्वारी घोषणा गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि उनले आफ्नो नाम अघि सारेका हुन् । ‘यो उमेद्वारी मेरो रहर होईन बाध्यता हो’, संग्रौलाले भने ‘योग्य मान्छेको हातमा नेतृत्व जानु पर्छ भन्ने लागेरै उमेद्वारी घोषणा गरेको हुँ, म भन्दा पहिचान धेरै भएको सेलीब्रेटी यो पदमा बस्न चाहेमा माला लगाएर आफ्नो घोषणा फिर्ता लिन्छु ।’

IMG_1023

कार्यक्रममा निर्देशक संग्रौलाले आफ्ना भावी योजना र एजेण्डाहरु पनि राखेका थिए । सबै कलाकारहरुले आफुलाई भोट दिएर जिताउने कुरामा उनी निकै विश्वस्त देखिए । तर यसपालीको भिडन्त निकै कडा होला जस्तो देखिएको छ किनभने  यसअघि कलाकार तथा निर्माता रामकेशर बोगटीले पनि अध्यक्ष पदका लागि आफूलाई उभ्याईसकेका छन् । उनको नाम पनि यतिबेला अध्यक्ष पदको दावेदारको रुपमा लिईदैछ ।

IMG_1011

नतिजा कस्तो आउला त्यो त भदौ २३ पछि नै थाहा होला । कलाकार संघको चुनावी साधारण सभा भदौ २३मा हुँदैछ । कार्यक्रममा कलाकार मदनदास श्रेष्ठ, निर्देशक दिनेश डिसी लगायतले संग्रौलालाई सफल्ताको शुभकामना दिए ।

For More videos Log on to Mazzako TV