कमल प्रसाई, मज्जाको अनलाईन, श्रावण २५ गते, धरान

भूकम्प पीडित सिन्धुपाल्चोकको हाइबुङबासीको सहयोगार्थ धरानमा बृहत सांगितिक कार्यक्रम गरिएको छ । ‘आवाज’ शीर्षकमा शनिवार बुद्ध कुमारी फाउण्डेशनको आयोजनामा गरिएको लाईभ कन्सर्टमा र्यापर लाहुरे, द एज ब्यान्ड, स्याडोज ब्यान्ड, नेपाली आईडल बादल लिम्बु, आउटसाईडर, सिक्किमको आरोग्य ब्यान्ड लगायतले प्रस्तुती दिएका थिए ।

_ a

धरानबाट शुरु भएको सांगितिक यात्रा ‘आवाज’ चितवन, काठमाडौं, बुटवल, पोखरा लगायतका शहररुमा हुनेछ । शनिवार स्थानीय व्याण्ड आउटसाइडर स्टेज चढे लगत्तै धराने क्राउड तात्यो । आउटसाइडरको प्रस्तुति नसकिदै र्यापर लाहुरेले झनै माहोललाई तताए ।

a2

करिव दुईवर्ष पछि भएको लाइभ कन्सर्ट हेर्न पब्लिक स्कुल धरानमा जम्मा भएका युवायुवतिहरुले कन्सर्टलाई खुबै इन्जोए गरेको देखियो । ब्यान्ड अरोग्यसँगै द एज ब्याण्डको प्रस्तुतीले त झन धराने युवायुवतीलाई मोहनी नै लगायो ।द एजको डर लाग्छ धेरै, वर्षौ भर्यो, चाहेको हैन तिमीलाई बोलका गीतले सबैको मन जित्यो । द स्याडोज ब्यान्डले भने धार्मिक सन्देशमुलक प्रस्तुती समेत दिन भ्यायो ।

a3

करिव ७ हजार दर्शकको उपस्थिती रहेको कन्सर्टबाट संकलित रकम भुकम्प पिडितको लागि खर्च गरिने जानकारी आयोजक बुद्ध फाउण्डेशनले गराएको छ । सिन्धुपाल्चोकको हाइबुङस्थित एक स्कुल मर्मतको निम्ति नेपालका पाँच स्थानमा ‘फण्ड राइजिङ’ का लागि यो कार्यक्रम भईरहेको छ ।

g

a5

a6

a7

c4

For More videos Log on to Mazzako TV