अर्जुनकुमार संग्रौला,मज्जाको अनलाईन, श्रावण २५, काठमाण्डौं ।

IMG_0941

स्वं. नायक श्रीकृष्णको पहिलो वार्षिक पुण्य तिथिको अवसर पारेर स्व.निर्देशक शिव रेग्मी र अभिनेता शिव श्रेष्ठलाई सम्मान गरिएको छ । आज राजधानीमा एक विषेश कार्यक्रमको आयोजना गरि निर्देशक रेग्मीलाई ‘मरोणोपरन्त विशेष सम्मान’ र नायक शिवलाई ‘श्रीकृष्ण श्रेष्ठ स्मृति सम्मान’ बाट सम्मान गरेको हो ।

shree krishna 3

सम्मान सहित स्वं.निर्देशक रेग्मीलाई ५१ हजार रुपैयाँ र अभिनेता श्रेष्ठलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरियो । स्वं. रेग्मीको सम्मान पत्नी ज्ञानु रेग्मीलाई प्रदान गरियो ।

shree krishna 1

स्वं. अभिनेता श्रीकृष्ण श्रेष्ठको नाममा स्थापना गरिएको ‘श्रीकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान’ले रसियान कल्चर सेन्टरमा आज आयोजना गरेको कार्यक्रममा सष्टाहरुलाई सम्मान मात्र गरिएन कि श्याम स्मृत द्वार लिखित ‘अमर नायकको सम्झना’ नामक पुस्तकको विमोचन गरियो ।

IMG_1000

कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री डा.मिनेन्द्र रिजाल, नेपाली चलचित्र क्षेत्रका नयाँ देखि पुराना कलाकारहरु तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

IMG_0967

कार्यक्रममा स्व.श्रीकृष्णको सम्झनामा आधा घण्टा लामो भिडियो देखाइएयो, जुन भिडियोले सबैलाई भावविहल बनायो । आँखा बाट आँसु खसाल्दै नायिका तथा श्री पत्नी श्वेता खड्काले आफुलाई घर परिवार र सबै बाट अगाडी बढ्न हिम्मत दिन आग्रह गरिन् ।

shree krishna 5
गत वर्षको साउन २४ गते श्वेतासँग बिहे भएको एक महिनामानै नायक श्रीकृष्णको भारतको दिल्ली स्थित गंगाराम अस्पतालमा निधन भएको थियो ।

IMG_0957

IMG_0965

shree krishna 2

For More videos Log on to Mazzako TV