मज्जाको अनलाईन, साउन २२ गते, शुक्रबार, काठमाण्डौं ।

असोज १ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउन लागेको चलचित्र ‘वडा नम्बर ६’ को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सुर्के थैली खै’ बोलको गीतमा तन्नेरी देखिएका ‘माग्ने बुढा’सँग ठुम्का लगाउदा चलचित्रकी निर्मात्री तथा नायिका दिपाश्री निरौला पनि निकै हट एण्ड सेक्सी देखिएकी छिन् । त्यस्तै, चलचित्रका धेरै नायक मध्येका एक दिपकराज गिरी, जो चलचित्रका निर्माता समेत हुन, उनी भने नायिका प्रियंका कार्कीलाई फकाउन ब्यस्त देखिन्छन् ।

woda number xa

निकै रमाईलो लाग्ने यस गीतमा जितु नेपाल, सिताराम कट्टेल, दयाहाङ्ग राई, र रञ्जीता गुरुङ लगायतलाई लाई देख्न सकिन्छ । ‘टिपिकल’ नेपाली शैलीको यस गीतमा अञ्जु पन्त, राजनराज शिवाकोटी, राजु विश्वकर्माको स्वर रहेको छ । यस गीतको कोरियोग्राफी शंकर विसीले गरेका हुन् । केही दिन अघि सार्वजनिक गरिएको ‘वाईयात छ तिम्रो लभ स्टोरी’ बोलको गीतले बजार तताईरहेको बेला सार्वजनिक गरिएको यस गीतले पनि दर्शकको मन जित्नेमा विश्वस्त रहेको निर्मात्री तथा चलचित्रकी नायिका दिपाश्री निरौलाले प्रतिक्रिया दिईन । चलचित्र ‘वडा नम्बर ६’ लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुस् ।

For More videos Log on to Mazzako TV