मज्जाको अनलाईन, असार १८ गते, शुक्रबार, २०७२, काठमाण्डौं ।

हाँस्य टेलिश्रंखला ‘जिरे खुर्सानी’ पछि जितु नेपाल ‘मुन्द्रे’ छुट्टै नयाँ टेलिभिजन शोको साथमा आउन लागेका छन् । ‘कमेडी क्लब विथ जितु नेपाल’ टाईटलमा नयाँ टेलिभिजन कार्यक्रम तयार भईरहेको जानकारी मज्जाको अनलाईनलाई प्राप्त भएको छ । एक घन्टा लामो मेघा कार्यक्रमको पहिलो सिजन १०० भागको हुने कार्यक्रम उत्पादक प्रोडक्सन हाउस ‘फर सि नेटवर्क’ले जानकारी गराएको छ । दर्शक बड्दै गए र बजार फैलिदै गए यो श्रृंखलाका अरु भाग पनि थपिने छन् ।

Comedy Jitu

‘कमेडी क्लब विथ जितु नेपाल’ साउन को तेस्रो हप्ताबाट प्रशारणमा आउने बताईएको छ । कार्यक्रमको लागि स्क्रिप्ट लेखक तथा अन्य कलाकारहरुको छनौटको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको ‘फर सि नेटवर्क’का कार्यकारी अध्यक्ष तथा कार्यक्रमका निर्माता दिपेन्द्र खनियाले जानकारी गराएका छन् । ‘कमेडी क्लब विथ जितु नेपाल’ टेलिभिजन कार्यक्रम मात्रै नभएर कार्यक्रमलाई स्टेज प्रहसानका मार्फत् पहिलो चरणमा देश व्यापी लैजाने तयारी भईरहेको पनि उनले जानकरी गराएका छन् । कार्यक्रममा मुख्य हिरो जितु नेपाल  पनि नयाँ शोलाई लिएर निकै उत्साहित देखिएका छन् । उनका अनुसार यो शो नयाँ र फरक नेपाली अर्गानिक स्वादको हाँस्य व्यंग कार्यक्रम हुनेछ ।

For More videos Log on to Mazzako TV