शाहरुख खानको बहुप्रतिक्षित सिनेमा ‘जिरो’लाई लिएर उनका फ्यानहरु निकै उत्साहित छन् । सिनेमाको आज ट्रेलर रिलिज हुदैछ । आज बिशेष दिन पनि हो, त्यो के भने आज ‘किंग खान’ शाहरुखको जन्मदिन हो । आज उनले ५३ औं जन्मदिन मनाउँदैछन् । शाहरुखको जन्मदिनको अवसर पारेर आज बिशेष कार्यक्रम बीच सिनेमाको ट्रेलर रिलिज गरिदैंछ ।

भर्खरै मात्र सार्वजनिक गरिएको सिनेमाको दुई पोष्टरले निकै राम्रो प्रतिक्रिया पाएको छ । एक पोष्टरमा उनी कैटरिनासँग देखिएका छन् भने अर्को पोष्टरमा उनी अनुष्का शर्मासँग देखिएका छन् । ‘जिरो’मा शाहरुख खानले होचो ब्यक्तिको भुमिका निर्वाह गरेका छन् ।

Loading...
For More videos Log on to Mazzako TV