मज्जाको खबर, चर्चित नेपाली हाँस्य व्याङ्ग्य कलाकार विल्सन वित्रम राईले बलिउडमा आफ्नो पाईला राख्न सफल भएका छन् । दर्शकमाझ ‘तक्मे बुढा’ को उपनामले परिचित विल्सनले बलिउड नायिका आयशा टाकियासँग स्क्रिन सेयर गर्ने सुनौलो अवसर पाएका छन् । नाम सार्वजनिक नगरिएको बलिउड फिल्मको छायाँकनमा विल्सन यसै सातादेखि व्यस्त छन् ।

wilson-and-aayasha

महाराष्ट्रको पुनास्थित एक कोलोनीमा छायाँकन भैरहेको फिल्ममा विल्सन नेपाली ढाका टोपी लगाउँदै अभिनय गरिरहेका छन् । बताइए अनुसार विल्सनको सिन आयशासँग धेरै छन् । पन्ध्र दृश्यका लागि विल्सनले दश दिन जति समय दिनु पर्ने हुन्छ । नव निर्देशक आशुतोष वारनले निर्देशन गरिरहेको फिल्म बाल मनोविज्ञानमा आधारित छ । भिडियो हेर्नुस् :

Loading...

For More videos Log on to Mazzako TV