अभिनेत्री रजनी केसी अभिनित फिल्म ‘उल्झन’ को बेलायतका विभिन्न शहरमा रेडकार्पेट प्रिमियर हुने भएको छ । आगामी मार्च १८ गते बेलायतको अलडरसटमा रहेको एम्पायर हलमा प्रिमियर हुने निर्देशक राजु अधिकारीले बताए ।
त्यस्तै साउथ ह्यरोमा रहेको ह्यरो फुटबल क्लबमा मार्च २५ गते फिल्मको प्रिमियर हुँदैछ । यी दुई स्थानबाहेक रेडिङ, स्विडेन, बेजिङस्टोक, ननिनटङ, बर्मिंगम, योर्क तथा स्कटल्याण्ड मा समेत फिल्म प्रदर्शन गरिनेछ ।

अनेक सपना बोकेर विदेशिएको एउटा युवाको भोगाई र त्यसले परिवार र समाजलाई पारेको समस्यालाई विषयबस्तु बनाएर निर्माण गरिएको
फिल्ममा ध्रुव दत्त, रजनी केसी, बेनी ढुंगाना, दिनेश शर्मा, रामचन्द्र अधिकारीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

आसुतोष फिल्म्सको ब्यानरमा निर्मित फिल्ममा तेजेन्द्र कँडेल प्रस्तुतकर्ता छन् । नारायण ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा हरिकृष्ण कार्की र नविन अधिकारी निर्माता छन् ।

 

Loading...
For More videos Log on to Mazzako TV