गीत ‘नाइँ मलाइ थाहा छैन’ मार्फत चर्चामा आएका गायक संजिव पराजुलीको स्वरमा दोस्रो एकल एल्बम ’त्यो सपना’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै वरिष्ठ गीतकार, साहित्यकार तथा कवी दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा एल्बम बिमोचन गरिएको हो।

 एल्बम बिमोचन समारोहमा चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष भारत शाक्य , गायिका टिका प्रसाईं , गीतकार होमनाथ न्यौपाने तथा उनको माता पिता, संगीतकार दिपक भट्टराई तथा उनको माता पिता र गायक संजिव पराजुली तथा उनको माता पिताले संयुक्त रुपमा एल्बम बिमोचन गरेका थिए । गायक संजीव पराजुलीले त्यो सपना र मेरो मायालु एकल तथा पहिलो भेटैमा गीतलाई गायिका टिका प्रसाईंसंग लाइभ गाएका थिए । उपस्थित सम्पूर्णले संजिवको गायकीको प्रसंसा गरेका थिए ।

दिनेश अधिकारी ( यी तिन युवाले आ आफ्नै काममा व्यस्त भएर पनि गीतसंगीतलाई गरेको माया प्रसंसा योग्य छ । विदेशमा रहेता पनि गीतसंगीतलाई जसरि छाडेका छैनन् यसलाई निरन्तरता दिन म आग्रह गर्न चाहन्छु । म धेरै एल्बम बिमोचनमा सहभागी भईसकेको छु , त्यसैले पनि भन्न सक्छु कि यिनमा कला नै छ । यिनी आफ्नै कलाले अगाडी जान्छन भन्नेमा दुई मत छैन । होम , दीपक र संजीवलाई उज्वल भविष्यको कामना ।

 

Loading...
For More videos Log on to Mazzako TV