बलिउड अभिनेता सलमान खान अभिनित बहुप्रतिक्षित फिल्म ‘टाईगर जिन्दा है’ को ट्रेलर सार्वजनिक भएको छ । सलमान र कट्रिना कैफ स्टारर फिल्मको तीन मिनेट लामो ट्रेलर युट्युव मार्फत सार्वजनिक भएको हो । सार्वजनिक उक्त ट्रेलरमा एक्सन दृश्यलाई बेजोड रुपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा समावेश संबादले मन समेत छुन्छ ।


ईराकमा केहि बर्ष पहिले घटेको भारतिय नर्सहरुमाथीको सत्य घटनालाई लिएर फिल्म निर्माण गरिएको छ । अलि अब्बास जफार निर्देशित फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् । फिल्म डिसेम्बर २२ अर्थात यो बर्षको क्रिशमसमा सार्वजनिक प्रदर्शनमा आउँने छ । हेर्नुस् ‘टाईगर जिन्दा है’ को ट्रेलर :

Loading...
For More videos Log on to Mazzako TV