बलिउड जोडी टाइगर श्राफ र दिशा पटानीको प्रेम सम्वन्ध टुङिएको छ । मतभेद ले सिमा नाघेपछी उनीहरु औपचारिक रुपमै अलग भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बताइए अनुसार  दिशाले टाइगरमाथि एक्लौटी सासन लगाउन खोज्थिन् । टाइगरको मोबाइल चेक गर्ने देखि चलचित्रमा किस सिन नदिन समेत प्रतिबद्धता गराएकी थिइन् । टाइगरले अरु केटीहरुसग हासोठट्टा गरेको समेत दिशाले सहन सक्थिनन् ।

मतभेद बढेपछि उनीहरुले यसलाई सुल्झाउने प्रयास नगरेका होइनन् । तर, बारम्बारको छलफलपछि पनि उनीहरुबीच समझदारी कायम हुन सकेन । र, टाइगरले छुट्टनिे प्रस्ताव राखे । दिशा त्यसमा सहमत भइन् । प्रेम टुटे पनि मित्रवत् सम्वन्ध भने कायम राख्न दुवै तयार भएका छन् । टाइगर र दिशाले पछिल्लोपटक फिल्म ‘बागी २’ मा सगै काम गरेका थिए । यो फिल्म हिट भएको थियो ।

टुङिएको सम्बन्ध बाट दिशालाई भने फाइदा देखिन्छ । उनले थुप्रै राम्रा प्रोजेक्ट हात पारेकी छन् । अहिले उनी सलमान खानको फिल्म ‘भारत’ मा काम गर्दैछिन् । टाइगर भने ‘स्टुडेन्ट अफ द इयर २’ मा व्यस्त छन् ।

Loading...
For More videos Log on to Mazzako TV