आउँदो ०७४ को बैशाख १ गतेलाई तीन फिल्महरुले आफ्नो प्रदर्शन मिति तय गरेका गरेका छन् । दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘लभ लभ लभ’ ले उक्त मितिमा प्रदर्शन मिति तय गर्दा नगर्दै निखिल उप्रेती र प्रियंका कार्की स्टारर फिल्म ‘राधे’ पनि पनि सोही मितिमा आउने भएको छ ।

love-love-love-radhe-ghampani

यस्तै अभिनेता दयाहाङ राईको जन्मदिन बैशाख १ गते पारेर उनी अभिनित फिल्म ‘घामपानी’ पनि प्रदर्शनमा आउने फिल्मका निर्देशक दिपेन्द्र लामाले घोषणा गरेका छन् । एकै मितिमा तीन फिल्मको प्रदर्शन मिति तय भएसँगै बैशाख १ को लडाईं सुरु भएको छ । नेपाली फिल्मको व्यापारका लागि उत्तम मानिने बैशाख १ मा यी तीन फिल्महरु मात्रै प्रदर्शनमा आउन सक्छन् भन्ने छैन ।

रेखा थापा, छविराज ओझा र विकास आचार्यका फिल्महरु पनि बैशाख १ मा नआउँलान् भन्न सकिन्नं । कारण, नेपाली नयाँ वर्षमा यी तीन ब्यानरहरुले आफ्नो फिल्म लगाउँदै आइरहेका छन् । अहिले तोकिएका फिल्महरु र यी तीन निर्माताहरुले आफ्नो फिल्म बैशाख १ मा लगाएमा सम्भवतः हालसम्मकै नेपाली फिल्म क्षेत्रमा ठुलो प्रतिस्पर्धा हुनेछ ।

For More videos Log on to Mazzako TV