पछिल्लो समय ‘हाईस्कुल’ वेब सिरिज बाट चर्चामा आएको ‘कार्टुन क्रु’ सँगैका अन्य कलाकारहरु नयाँ अर्काे ‘ट्वान्टी फस्ट लभ’ नामक सिरिजमा देखिएका थिए । चर्चित डान्स ग्रुप ‘कार्टुन क्रू’ का सरोज अधिकारी र आश्मा विश्वकर्माको मुख्य भूमिका रहेको यो सिरिज मार्च फस्टदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारणमा आएको थियो । तर, एउटा श्रृंखला मात्र दर्शकले देख्न पाए, किन आएन त दोश्रो श्रृखला ? सायद धेरै जनाको मनमा यही प्रश्न होला ।

टेलिभिजनमा दोश्रो श्रृंखला प्रशारण नहुनुको कारण उक्त सेरिजमा बोलिने शब्द र दृष्य जुन नेसनल टेलिभिजनमा आउन लायकको नभएको भन्दै कान्तिपुर टेलिभिजनको सेन्सरले बन्द गरेको बताइएको छ । आज ‘ट्वान्टी फस्ट लभ’ आउने समयमा अरु नै कार्यक्रम पुन प्रशारण गरी आजै देखी सेरिज खारेज गरिएको बताइएको छ ।

कान्तिपुर टेलिभिजनका एक कर्मचारीले मज्जाको अनलाइनलाई भने– ‘परिवारसँग बसेर हेर्न अप्ठ्यारो हुने सेरिज नेशनल टेलिभिजनमा आउनु पक्कै पनि राम्रो कुरा होइन । समाजले पचाउँन नसक्ने शब्दहरु र दृष्यहरुको अत्याधिक मात्रामा प्रयोग भएकाले हामीले सेरिज बन्द गर्न दबाब दिएका थियौँ ।’ उनले आफ्नो नाम गोप्य राख्न समेत आग्रह गरे ।

सरिन पोखरेलको निर्देशन, मिलन शंकर र ज्ञानेन्द्र शर्माको छायाङ्कन रहेको उक्त सिरिजलाई ईश्वर गुरुङले निर्माण गरेका हुन् ।

Loading...
For More videos Log on to Mazzako TV