अभिनेत्री प्रियंका कार्कीले आइटम नृत्य गरेको सुश्री सम्पत्ती सिनेमाको गीत रिलिज गरिएको छ । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतमा मिना निरौला र राजन इशानको स्वर छ । यो सिनेमामा प्रियंकाको आइटम मात्र हो ।

यसैले यो आइटमले सिनेमाकी मुख्य हिरोइन सारा सिर्पालीलाई ओझेलमा पार्ला कि के गर्ला भन्ने चर्चा पनि हुनु स्वभाविक हो । प्रियंकाले आइटम गरेको यो गीतको शब्द कमजोर छ । जसलेगर्दा, आइटम गीतमा प्रियंका गज्जबले नाचेकी त छिन्, तर मुख्य हिरोइन सारालाई कमजोर बनाउन मुश्किल नै छ ।

रमेश त्वयनाको निर्माणमा तयार सिनेमालाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । सिनेमामा सलोन बस्नेत, विनोद न्यौपाने, सारा सिर्पाली मुख्य भूमिकामा छन् ।

Loading...
For More videos Log on to Mazzako TV