काठमाडौं । पूर्वप्रधानमन्त्री शुशिल कोइरालाई श्रद्धान्जली दिन नेपाल भ्रमणमा रहेकी भएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति, प्रधानमन्त्री र मुख्य दलका मुख्य नेतासँग भेट गरेकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलवार राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा पूर्व प्रधानमन्त्री कोइरालाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आएकोमा प्रसन्नता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले नेपाल भारतबीचको सम्बन्ध मैत्रीपूर्ण र स्पष्ट छ भन्ने देखिएको बताएकी थिइन् । भारतीय विदेशमन्त्री स्वराजले आफू यसपटक पूर्वप्रम कोइरालाको निधनमा श्रद्धाञ्जलि व्यक्त गर्न आएको बताएकी थिइन् ।

राष्ट्रपति भण्डारीसँग अन्य विषमा भने खास कुरा नभएको उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । ‘शिष्टाचार भेटवार्ता भएकाले अरु विषयमा छलफल भएन’, उनले भने । भेटवार्तामा भारतीय प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।

 

k|wfgdGqL s]kL zdf{ cf]nL;Fu dËnaf/ ef/tLo ljb]zdGqL z'idf :j/fh nufot cGo cltlyx? k|wfgdGqL lgjf; afn'jf6f/df e]63f6 ub}{ . tl:a/ M /f]zg ;fksf]6f,/f;;

त्यस्तै विदेशमन्त्री स्वराज नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग साँझनै प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेको छ ।

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आएको सो प्रतिनिधिमण्डलले यसअघि आफ्नोतर्फबाट शोक जनाएको थियो ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कोइरालाको निधनको सन्दर्भमा शोक व्यक्त गर्न उनीहरु आएको र अन्य विषयमा कुराकानी नभएको बताए । भेटमा प्रधानमन्त्री ओलीले दुःखका बेला छिमेकीले साथ दिन्छन् भन्ने आफूले महसुस गरेको बताएको रिमालले जानकारी दिए ।

प्रधानमन्त्रीसँगको भेटमा भने प्रधानमन्त्री ओलीका साथ उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावल, नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय थिए भने भारतीय पक्षबाट विदेशमन्त्री स्वराज, भारतीय काँग्रेसका तर्फबाट पूर्व विदेशमन्त्री आनन्द शर्मा, कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम येचुरी, जनता दल युनाइटेडका शरद यादव , राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र नेपालका लागि भारतीय राजदूत रणजित रायलगायत थिए ।

Loading...

For More videos Log on to Mazzako TV