पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निमोनियाका कारण मंगलबार बिहान निधन भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका कोइरालाको १२ बजेर ५० मिनेटमा निधन भएको हो ।

sushil koirala

कोइरालाका स्वकीय सचिव अतुल कोइरालाका अनुसार दमसम्बन्धि क्रनिक समस्याले एक्कासी च्यापेपछि अस्पताल समेतलैजान नपाई कोइरालाको निधन भएको हो । अस्वस्थ्य भएपछि कोइराला सोमबार कुनै पनि सार्वजनिक कार्यक्रममा गएका थिएनन्।

कोइरालाको पार्थिव शरीरलार्इ उनकै निवासमा राखिएको छ । विहान ८ बजेपछि अन्तिम श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा राखिने जनाईएको छ।

EX-PM-Susil-koirala-1

यसैबीच कांग्रेसले शोक विज्ञप्ती जारी गर्दै कोइरालाको आकस्मिक निधनबाट सिंगो देश, नेपाली जनता र पार्टीपंक्ति स्तब्ध र शोकमग्न भएको जनाएको छ । रातिदेखि नै कोइराला निवासमा कांग्रेस नेता कार्यकर्ताहरु भेला भएका छन् । महाधिवेशनका सबै प्रक्रिया अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने कांग्रेसले निर्णय गरेको छ ।

For More videos Log on to Mazzako TV