मंसिर २९ देखि प्रदर्शनमा आउने फिल्म सुपर गोर्खे को पोस्टर सार्वजनिक गरिएको छ । साइत हेराएर बिहिबार सवा ११ बजे फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा गुड, व्याड र अग्ली म्यानहरुलाई प्रस्तुत गरिएको छ । नायिका ऋचा सिंह ठकुरी भने पोस्टरमा छैनन् ।
नायिका ठकुरीले निर्माण गरेको सुपर गोर्खे लाई राज थापाले निर्देशन गरेका हुन् । अविर हाउस प्रोडक्सनमा बनेको फिल्मले दैवी शक्ति बिना समाजका शक्तिशाली व्यक्तिहरुको कथा बताउँछ । फिल्मको कथालाई मध्यनजर गर्दै समाजका केही शक्तिशाली व्यक्तिलाई सम्मान गर्ने योजना समेत निर्माण पक्षले बनाएको छ ।


तारा प्रकाश लिम्बुको संगीत रहेको फिल्ममा सौरभ लामाको छायाँकन छ । फिल्ममा ऋचासँगै सुरजसिंह ठकुरी, निराज लुईंटेल, भुपेन्द्र खत्री, सचिन केसी लगायतको कलाकारहरुको अभिनय रहेको छ । फिल्मको टिजर र एक गीत रिलिज भैसकेको छ ।

 

Loading...
For More videos Log on to Mazzako TV