बलिउड अभिनेता सुनिल सेट्टीलाई त दर्शकले पर्दामा नदेखेको केहि बर्ष भैसक्यो । कुनै समय बलिउडमा आफ्नो एक्सन र अभिनयका कारण चर्चामा थिए सुनिल । aahana-and-karan-johar

तर, अब सुनिलपछि उनका छोरा अहान सेट्टीले बलिउडमा पाइला राख्दैछन् । अहानलाई निर्माता साजिद नाडियाडवालाले ब्रेक दिदैछन् ।

अहान बलिडमा प्रवेश गर्न लागेको जानकारी निर्माता करण जोहरले नै दिएका हुन् । उनले अहानको प्रशंसा पनि गरे । उनले भने-‘अहानमा बलिउड अभिनेतामा हुनुपर्ने सबै खालको प्रतिभा छ । उनी अबको सुपरस्टार हुन् ।’

अहान पनि बलिउडमा प्रवेश गर्न पाउँदा खुशी छन् । बरुण धवन, टाइगर श्राफ जस्ता कलाकारले बलिउडमा हंगामा मच्चाइरहँदा एक बलिउडकर्मीका सन्तान उनकै बाटोमा हिड्न लागेका छन् ।

Loading...
For More videos Log on to Mazzako TV