अभिनेता साहरुख खानले अहिले आफ्ना फ्यानहरुलाई एकपछि अर्को सरप्राइज दिइरहेका छन् । साहरुखले ‘डीअर जिन्दगी’मा गरेको कामले तारिफ पाइदरहँदा उनी अभिनित नयाँ फिल्म ‘रइस’को ट्रेलर सार्वजनिक हुँदैछ । the-ring-poster-with-srk

यहि विचमा साहरुखले अर्को सरप्राइज पनि दिए । उनले आफू अभिनित फिल्म ‘द रिङ’को पोष्टर अभिनेता सलमान खान र अभिनेत्री आलिया भट्टबाट सार्वजनिक गराए । दुबैले आफ्नो ट्विटरबाट फिल्मको पोष्टर र रिलिज डेट रिलिज गरे ।

अगष्ट ११ मा यो वर्किङ टाइलटमा तयार भएको फिल्म रिलिज हुनेछ । अभिनेता साहरुख खान र अभिनेत्री अनुष्का शर्माको मुख्य भूमिका रहेको यो फिल्मलाई इम्तियाज अलीले निर्देशन गरेका हुन् ।

अगष्ट ११ मा यो फिल्मको रिलिज डेट तोकिएपछि अब यो फिल्म र अभिनेता अक्षय कुमारले अभिनय गर्ने फिल्म ‘क्रायक’को भिडन्त हुन्छ भन्ने चर्चा छ ।

अभिनेता अक्षयले केहि महिना अगाडि फिल्मको फस्टलुक रिलिज गर्दै अगष्ट ११ मा फिल्म आउने बताएका थिए ।

के, बक्स अफिसमा साहरुख र अक्षयको भिडन्त होला ?

Loading...
For More videos Log on to Mazzako TV