सिन्धुपाल्चोकको गिरान्चौरमा दोश्रो नमुना बस्ती निर्माण गर्दै गरेका कलाकार सितारामा कट्टेल ‘धुर्मुस’ ले आफ्ना जोडी (पुर्व) केदार घिमिरे ‘माग्ने बुढा’ को स्वास्थ्यप्रति आफु पनि चिन्तित रहेको खुलाएका छन् । आफ्नो र माग्ने बुढाको पुरानो तस्बिरलाई राख्दै धुर्मुसले फेसबुकमा लामो स्टाटस पोस्ट गरेका छन् । धुर्मुसको कारणले माग्ने बुढा डिप्रेसनमा पुगको भन्ने आरोप लगाउनेहरुलाई उनले यही स्टाटस मार्फत जवाफ दिने कोशिस गरेका हुन् ।

sitaram-kedar

धुर्मुसले सोमबार आफ्नो फेसबुकमा आफ्नो र माग्ने बुढाको तस्बिर सहित राखेको स्टाटस यस्तो छ :

‘हेर्दै जाँदा धेरै अघिको फोटो भेटियो । गिरान्चौर एकिकृत बस्ती निर्माण रहिरहँदा पनि करिब एक महिना अघि केदार घिमिरे (माग्ने बुढा) कै घरमा भेट्न पुगेका थियौँ । कुराकानी गरियो, स्वास्थ्य समस्या ठिक हुँदैछ भन्नुभयो । हाम्रो मिलनबाट नै धुर्मुस र माग्ने बुढा जन्मिएको हो । निकट सम्बन्ध रहेका कारण उहाँको पिडा र समस्याले मलाई पनि सताउँछ । त्यसैले, फोन गरेर अहिले पनि स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको हुन्छु । मलाई पनि पेटको समस्या छ, त्यसैले पहिले खाइ नखाइ हामी मिलेर गरेको दुख सम्झीन्छु ।’ मज्जाको टिभीसँग माग्ने बुढाले यस्तो भनेका थिए :

Loading...

For More videos Log on to Mazzako TV