गायक विजय रुम्बा लामाको नयाँ गीत ‘सिन्की को अचार’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायिका रिश्मा गुरुङ्ले अभिनय गरेकी छिन् । साथमा गायक रुम्बा आँफैले समेत अभिनय गरेका छन् । फिल्म ‘कबड्डी’ मा अभिनेता दयाहाङ्ग राईसँग सोल्टीनीको भूमिकामा अभिनय गरेर एकाएक चर्चामा आएकी रिश्मा लामो समयपछि भिडियोमा देखिएकी हुन् ।

विकास सुबेदीको निर्देशनमा बनेको भिडियोको छायांकन पर्यटकिय स्थान बन्दिपुरमा गरिएको हो । गीतमा डिपि खनालका शब्द तथा सुबाश भुषालको संगीत छ । गीतका एरेन्जर उदय राज पौडेल हुन् । अनिल कुमार मानन्धरले खिचेको यस भिडियोका सम्पादक शिलन लम्साल हुन् ।

Loading...
For More videos Log on to Mazzako TV